चक्कु प्रहार गर्ने २ जना प्रहरीको नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । बिहीबार दिउँसो १२ बजे जडीबुटीमा दोलखा घर भएका २४ वर्षीय सुभाष बुढाथोकीमाथि चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखा घर भई जडीबुटी बस्दै आएका डिम्पल घिसिङ र सिनामगंल घर भएका आशिष बयालकोटीलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख एलिजा गिरीको कमाण्डमा खटिएको टोलीले दिउँसो ४ बजेतिर लोकन्थलीबाट पक्राउ गरेको हो ।

मोबाइलको विषयलाई लिएर विवाद हुँदा उनीहरुले बुढाथोकीलाई चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको कोटेश्वरकी प्रमुख इन्सपेक्टर गिरीले बताइन् ।

घटना भएलगत्तै महानगरीय प्रहरी परिसर टेकु, महानगरीय अपराध महाशाखा र कोटेश्वरको प्रहरी टोली उनीहरुको खोजीकार्यमा परिचालन भएको थियो । ४ घण्टाको प्रयासपछि उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार तीनै जना पकेटमार रहेको खुल्न आएको छ । यसअघि पनि उनीहरु पकेटमारी गरेको आरोपमा पक्राउ पर्दै छुट्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस