सरकारको दमन गतिविधिका कारण देशमा राजनीति उथलपुथल हुने खतरा : सांसद यादव

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा,खबर24नेपाल ब्युरो

असार ५, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सिरहा निर्वाचन क्षेत्र नं ४ का सांसद राजकिशोर यादवले सरकारको गलत सोच र रबैयाका कारण मुलुकमा छिट्टै उथलपुथल हुने संकेत गरेका छन् ।

प्रतिनिधि सभाको आज (बिहीबार) को बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारको दम्भ र गतिविधिका कारण देशमा राजनीतिक उथलपुथलको अवस्था आउन लागेको बताएका हुन् ।

सरकारले दुईतिहाईको दम्भ देखाएर जनताको भावनासँग खेलवाड गरिरहेको भन्दै मुलुकमा राजनीतिक उपलपुथलका संकेतहरु आउन थालिसकेको उनले जिकिर गरे ।

यादवले संसद बैठकमा महाभारतको प्रसंग कोट्याउँदै समृद्ध हस्तिनापुर पनि गलत सोँच र निर्णयले गर्दा समाप्त भएको भन्दै दम्भ नदेखाउन र समयमै सचेत हुन सरकारलाई आग्रह गरेका छन् ।
मधेशको मुद्दा र माइतीघर मण्डलामा बुधबार भएको प्रदर्शनको प्रसंग कोट्याउँदै सांसद यादवले भने, ‘प्रधानमन्त्रीजीले जनताको वर्तमान सन्देशलाई बुझ्नुपर्छ, त्यसलाई बुझ्न सकिएन भने ठूलो दुर्घटना हुनेछ ।’
संसदमा जनप्रतिनिधिहरूले उठाएका कुराको सुनुवाई नहुने गरेको भन्दै सांसद यादवले मागहरू सम्बोधन भएन भने त्यसले अर्कै रुप लिन सक्ने बताए ।
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा ‘मूर्ति चोर’ भनेर दिएको अभिव्यक्तिको पनि सांसद यादवले आलोचना गरे । उनले ‘प्रधानमन्त्री जस्तो व्यक्तिले मूर्ति चोर भनेर कसलाई भन्नु भएको हो रु जिम्मेवार पदमा बसेको व्यक्तिले यस्ता गैर जिम्मेवार कुरा गर्न मिल्छ रु’ भनेर प्रश्न समेत गरे ।
राजपा नेता यादवले यस्ता विषयमा संसदमा गम्भीर रुपमा छलफल हुनुपर्ने र सबै नेताहरू आफ्नो पदीय हैसियतअनुसार चल्नुपर्नुे धारणा राखे ।
प्रधानमन्त्री ओली र नेकपाका नेताहरुलाई दुईतिहाइको दम्भ नगर्न सांसद यादवले चेतावनी समेत दिए ।

http://hr.parliament.gov.np/np/video/3142

प्रतिक्रिया दिनुहोस