लागु औषध गाँजा ३७ केजी सहित ३ जना पक्राऊ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 असार ५, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ३७ केजी लागु औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा वडा नम्बर ९ बाट हिजो दिउँसो करीब २ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको टोलीले १ सहिला समेत ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बस्ने ३४ बर्षका साम मोहम्मद, भारत बिहार बैशाली मोहनपुरका ३४ बर्षीय मनिष कुमार, भारत बिहार नालन्दा बस्ने ४५ बर्षीया अन्नुदेवी पासमानलाई लागू औषध गाँजा सहित पक्राऊ गरेको हो ।

उनीहरुले बीआर ०१ सी एन ६९८६ नम्बरको भारतीय नम्बरको कारमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा जफत गरिएको हो । उक्त परिमाणको गाँजा हेटौंडाबाट पथलैया तर्फ लैजादै गर्दा चेकजाँचको क्रममा फेला पारिएको हो ।

प्रतिक्रिया दिनुहोस