ट्रक दुर्घटना हुँदा दुई घाईते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ५ ,दैलेख । दैलेखमा ट्रक दुर्घटना हुँदा दुईजना घार्इते भएका छन । नेपालगञ्जबाट दैलेख आउँदै गरेको ना ४ ख ४६०७ नम्बरको मालबाहक ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दर्घटना हुदा दुइजना घाइते भएका हुँन ।

घाइते हुनेहरुमा बर्दिया घर भएका चालक टिका खत्री र सहचालक प्रकाश पाण्डे रहेको रानीमत्ता प्रहरी चौकीले जनाएको छ ।
सहचालकको अवस्था सामान्य रहेपनि चालकको अवस्था भने गम्भिर रहेको प्रहरीको भनाई छ । घाइते दुबैको उपचारका लागि सुर्खेत पठाइएको छ ।

विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा ट्रक दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस