लाेकतान्त्रिक सामन्तवाद

Khabar24Nepal Author Logo..
प्रभात बोगटी पढ्न लाग्ने समय : २ मिनेट

एक घरमा बाबुआमा र पाच छोराछोरी रहेछन। प्रत्येक बर्ष बाबुआमाको हेरचाह गर्ने जिम्मा एक सन्तान को हुनेरहेछ । स्याहार सुसार गर्न पाए खुसी हुनेरहेछन। तेसको लागि प्रत्येक बर्ष चुनाव हुनेरहेछ कुन सन्तान को पालो आउने भनेर।

यो साल जेठो र माइलो को बिचमा चुनाव भएछ। जेठोले एक र माइलोले दुइ भोट पाएछ्न। यो साल माइलोले खुसी साथ गरेछ बिरामी हुदा औसधि गर्ने र शरीर दुख्दा मालिस गर्ने आदि काम । जित्ने कुरा गौण रहेछ । अब भन्नुस त्यो माइलोले बाबुआमा को हेरचाह नगरे के होला। यहा बाबुआमालाई जनता र मेयर संसद मन्त्रीलाई छोराछोरीको रूपमा लग्न सकिन्छ । उनिहरु जितसम्म मात्र सिमित भए के होला।

तेसैले भनिन्छ नेपालमा धेरै जसो उम्मेदवार ले चुनाव लडनु लाइ जित्नुसम्म मात्र बुझेका छ्न। जनताका आबस्यकता पुरा गर्नु, शिक्षा स्वास्थ्य सर्बसुलभ बनाउनु, मैदान मा रातदिन खटिनु भनेर कमैले बुझेका छन।रुसोको सामाजिक सम्झौता को सिद्धान्त ( Theory of Social Contract १७६२ )का अनुसार समाजमा बस्ने मानिसहरू ले आफुमाथि शासन गर्ने वा बस्तु तथा सेवा ९शिक्षा स्वास्थ्य रोजगार कृषि व्यवसाय० उनिहरुलाइ उपलब्ध गराउन कोहि एक उम्मेदवार लाई आफ्नो general will वा सामान्य इच्छा ९ भोट ० दिन्छन् वा चुन्छन।त्यहाँ के शर्त हुन्छकि यदि समाजका बासिन्दा को general will लगेर सेवा नगरे आफ्नो will फिर्ता लग्नेछन र त्यो चुनिएको ब्यक्ति फिर्ता आउनेछ।यस अधिकार लाई अहिले Right to Recall भनिन्छ ।चुनावी प्रणाली को सुरुवाति इतिहास पनि रुसोले भनेझै सुरु भएको थियो । जित्नु त साधन मात्र हो जितपछि गर्नै पर्ने चिज साध्य हो।आम मानिस ले राज्यलाई।आफ्नो कर्तव्य को रुपमा कर तिरेको हुन्छ यो मान्यता को रूपमा कि उनको जिबन चलाउन आइपर्ने विभिन्न चिज् र आबस्यकता हरु अधिकार को रूपमा राज्यले जिबन कालभरि उपलब्ध गराअाेस। यो कार्यान्वयन गर्न आमचुनाब मार्फत आफ्ना प्रतिनिधि जनता ले पठाउछन।

यहाँ त धेरै प्रतिनिधि र राजनीतिमा लागिरहेका मानिसलाई पद त रहर पुरा गर्ने र निःशुल्क सम्मान पाउने ठाउ हो भनेर बुझेका छन। अझ कति पदमा रहेका ब्यक्ति हरुमा बिकास का आयोजना हरु आफ्नो खल्तीबाट दिएको जस्तो गर्छ्न र सामान्य मानिसहरू को बुझाइपनि कता कता तेस्तो देखिन्छ।विभिन्न बस्तु हरु जो जिबन चलाउन आबस्यक हुन्छ ति चिज किन्दा खेरि केहि प्रतिशत कर तिरिरहेका हुन्छन् । तेहि जनता ले तिरेको कर नै सरकार को खर्च र बिकास को लागि छुट्टायाउने बजेट हो।यो चेतना पनि आम रूपमा कम छ।नत्र हरेक बिकास र सरकारि खर्चको हिसाब किताब खोज्ने आममानिसको पहिलो प्राथमिकता र चासो हुनेथियो ।

(लेखक राष्ट्रिय कलेज सुखर उपप्राध्यापक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस