राजविराज ५ नम्बर वडा कार्यालयमा चोरी गर्ने पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ४, राजविराज । राजविराज नगरपालिका ५ को कार्यालयबाट चोरी भएको समानसहित एक युवक पक्राउ परेका छन्। चोरीका समान बिक्रीका लागि भारततर्फ लैजाँदै गर्दा सप्तरीको बिष्णपुर गाउँपालिका ६ बस्ने २७ वर्षीय बेचन रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

वडा कार्यालयको ताला फुटाई गत शुक्रबार राति एक/एक थान ल्याप टप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगद रकम चोरी भएको थियो।

भारतीय सीमा नजिक छिन्नमस्ता गाउँपालिका ३ बाट पक्राउ परेका रामविरुद्ध चोरीको मुद्दा दर्ता गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।
चोरीमा संलग्न उनका साथीको पहिचान भइसकेको भन्दै प्रहरी उपरीक्षक यादवले खोजीकार्य तीब्रताका साथ भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस