‘इन्डियाज गट ट्यालेन्ट सात’ र ‘मास्टर शेफ इंडिया छ’ को निर्माता सोहन चौहानको निधन, पोखरीमा भेटियो शव

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

असार ४, काठमाडौं । ‘इन्डियाज गट ट्यालेन्ट सात’ र ‘मास्टर शेफ इंडिया छ’ जस्ता कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानलाई मृत अवस्थामा पाइएको छ । उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो ।

स्पटबोयका अनुसार उनको शव आइतबार राति भेटिएको हो जसलाई पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो । मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

रिपोर्टमा बताइए अनुसार सोहन पछिल्लो समय एक्लै बसिरहेका थिए किनभने उनकी श्रीमती दिल्लीमा थिइन् । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई अन्तिम पटक उनको घरमा काम गर्न आएकी सहयोगीले देखेकी थिइन् ।

सोहन सोसल मिडियामा १३ जूनसम्म एक्टिभ थिए । उनले ‘सारेगामापा लिटिल च्याम्प’ को फिनालेबारे ९ जूनमा पोष्ट गरेका थिए । यद्यपि, जब सोहन चौहानका भाईले शनिबार उनीसँग सम्पर्क गर्ने कोसिस गरे तब उनी असफल भए ।

त्यसकारण उनले दाई हराएको रिपोर्ट पुलिसमा दर्ता गरे । आइबार बिहान करिब साढे सात बने स्थानीयले पुलिसलाई पोखरीमा शव तैरिरहेको बारे जानकारी दिए ।

पुलिस अनुसन्धान अनुसार सोहन चौहानको शरीरमा चोटका कुनै निशाना भेटिएको छैन । उनी बसेको घरमा राखिएको सिसिटिभी फुटेज अनुसार सोहन चौहानलाई आइतबार हातमा बोतल लिएर बाहिर निस्किरहेको देखिएको थियो । उनको अन्तिम संस्कार पछि पुलिसले घरको अनुसन्धान गर्यो । उनको कोठाभित्र रमको एउटा खाली बोतल र एउटा डायरी भेटियो जसमा सोहन चौहान कविता लेख्थे ।

प्रतिक्रिया दिनुहोस