गुठी विधेयक फिर्ता हैन खारेजीको माग गर्दै राजधानीमा खबरदारी सभा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । राजधानीमा बुधबार गुठी विधेयक खारेजीको माग गर्दै शक्ति प्रदर्शन भैरहेको छ । हिजो सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि माइतीघर मण्डलामा प्रदर्शन भैराखेको हो ।

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार दुई सूत्रीय एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभामा दर्ता गरिएको गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिएकी थिइन् । यसको विरोधमा लागेका अभियन्ताहरुका अनुसार विरोध सभाको सम्पूर्ण तयारी पूरा भएपछि सरकारले रोक्नका लागि विधेयक फिर्ता लिने घोषणा गरेकाले आजको कार्यक्रम रोकिदैन ।

विगत १० दिनदेखि निरन्तर प्रहरी प्रशासनको दमन हुँदाहुँदै पनि विरोधमा आन्दोलन गर्दै आएका राजधानीबासीले आन्दोलन फिर्ता लिने आधार पाएका छैनन् । उनीहरु विधेयक खारेजीको पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस