उदयपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ४, २०७६ उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो। इप्रका वेल्टारका इन्स्पेक्टर गंगा पौडेलले चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको बताए। बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्वरको टिप्परले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिएको थियो। एकै दिशातिर गईरहेको टिप्परले अत्याधिक रुपमा सडक च्याप्दै मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको पौडेलको भनाइ छ।

प्रहरी नियन्त्रणमा रहेको ठक्कर दिने टिप्पर निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रसनको भएको पुष्टी भएको छ। टिप्परका चालक र सह चालक फरार भएकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस