बस्तीयोग्य आवास क्षेत्र र सुरक्षाका उपायहरु

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

अव बर्षा लागे सँगै बिगतका वर्षहरुमा झैं बाढी र पहिरोले ब्यापकरुपमा धन जनको क्षति पुर्याउने कुरा निश्चित भएको कुरा बिगत एक दुई दिनको विभिन्न ठाउँमा भएको भारी वर्षा र यसले पुर्याएको क्षति बिबरणबाट प्रष्ट भइसकेको छ । हिमाल, पहाड, तराई र चुरे क्षेत्र समेटिएको नेपाल एक भूपरिवेष्टित रास्ट्र हो ।

एउटा बिडम्बना के छ भने हामी सवैलाई थाहा हुँदा हुँदै पनि वर्षेनी कयौं नेपालीहरुले बाढी पहिरोका कारण ज्यान गुमाइरहेको अवस्था छ भने कयौंको करोडौं धनको क्षति भएको छ । प्राय: पहाडी इलाका, तराईको समथर भाग र नदीतटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुले वर्षेनी धेरै मात्रामा धनजनको क्षति ब्यहोर्दै आइरहेका छन ।

यसको प्रमूख कारणहरु हुन:
१. गाउँको बस्ती बिस्थापित भएर बेशीको नदीतटीय क्षेत्रमा मापदन्डबिपरीत बस्ती बसाल्नु,
२. हरेक मानिसमा भौतिक सुख सुबिधाहरुको चाहना हुनु ,
३. सुबिधायुक्त बस्ती बसाल्ने होड्वाजीले नदी बहावको क्षेत्रलाइ सांगुर्याउदै लैजानु,
४.प्राय: पहाडी क्षेत्रवाट नदी बग्ने भएकोले सांगुरो ठाउँमा वरीपरीको पहिरोले नदी बहावको क्षेत्रलाई रोकावट गरेपछि एक्कासी बहने भएकोले, 
५. “बाह्र वर्षपछि खोलो नि फर्किन्छ” भन्ने नेपाली उक्तिलाई मनन नगर्नु,
६. बिगत लामो समय अगाडिदेखि बाढी पहिरोले पुर्याएको क्षति बिबरणवारे अनभिज्ञ बन्नु ,
७. बिगतदेखि जुनसुकै पार्टीको सरकार आएपनि अनियमित बसाई सराई र मापदन्डबिपरीतका आवास क्षेत्रहरुको पहिचान गरी यसमा बन्देज लगाउने ऐन , कानुनको तर्जुमा र ब्यबस्थापन गर्न नसक्नु ,

तसर्थ, अव सरोकारवाला ब्यक्तिहरुले निश्चित आवासीय नीति नियम बनाएर बस्तीयोग्य जमिन कस्तो ठाउँलाई रोज्ने र बस्ती तथा खेतीयोग्य जमिनलाई क्षति न्युनीकरणको लागि निम्न कुराहरुमा ध्यान दिन जरुरी छ :
१. सर्वप्रथम , सहरी क्षेत्र हुदै बग्ने नदी हुन या अन्य पहाड र तराई क्षेत्रमा! नदीको बहाव क्षेत्र छुट्याउन जरुरी छ । किनकि, सहर बजार र पहाडका बेशी फाँटहरुमा बग्ने नदीहरुलाई साँघुरो घेरामा सीमित राखि बस्ती बसालिएकोले नै मुख्य समस्याको जड यहि नै हो,
२. सम्म फाँट र नदी किनाराका कृषियोग्य जमिनलाई विभिन्न वाली नाली र कृषि उत्पादनमा प्रयोग गरी एकीकृत बस्ती बसाल्ने धारणानुरूप केही उच्च भाग र कम खेतियोग्य जमिनमा मानवीय बस्ती बसालियो भने संधैभरी न धन जनको क्षति , न त त्रास ! निर्धक्कसँग बस्न पाउने वातावरण सृजना हुने भयो ,
३. नदीतटीय क्षेत्रमा रुख बिरुवा रोप्ने प्रचलनले पनि नदी नियन्त्रणमा टेवा पुग्छ ,
४. स्थानिय सरकारले भइरहेका बस्तीहरु र खेतीयोग्य जमिनको क्षति न्युनीकरणलाई मध्यनजर राख्दै नदीको बहावको लागि निश्चित मापदन्ड छुट्याई जाली र ब्लकको ब्यबस्था गर्नुपर्ने,
५. सवभन्दा महत्वपूर्ण कुरा त पहाडी इलाकामा नयाँ सडक निर्माण गर्दा पहिरोको जोखिमलाई ध्यान दिनुपर्ने र हरेक नागरिकहरुले आफै पनि सचेत भई बिगतका घटनाहरुबाट सचेत भई बस्तीयोग्य जमिनमा मात्र स्थाई बसोबास गर्ने र खेतीयोग्य जमिनलाई खेतीकैरुपमा प्रयोग गर्ने ।

यसैले, मानिसले भौतिक सुख र सुबिधाको प्रलोभनमा परी निकट भविश्यमा हुनसक्ने मानवीय क्षतिको आकलन हुँदा हुँदै पनि जवर्जस्ती बस्ती बसाल्ने होडवाजीलाई न्युनीकरण गर्नको लागि तीनै तहका सरकारले अन्य देशको जस्तै हरेक बस्ती बस्तीमा भौतिक सुख सुबिधाहरु उपलब्ध गराउने प्रयत्न गर्ने हो भने मानिसमा बसाई सराईको चाहना कम हुन्छ । र जसले गर्दा मानवीय क्षति पनि कम हुनगइ खेतियोग्य जमिनको पनि सहि सदुपयोग हुने हुनाले सम्बन्धित निकायको ध्यान यसतर्फ जानु अत्यन्त जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस