जसले प्रत्येक जन्मदिन बालवालिकालाई कापिकलम सहयोग गरेर मनाए

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

सुर्खेत, ३ असार । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं १ निवासी दिनेश खत्री २९ वर्षका भए । आज मंगलबार उनले आफ्नो २९ औँ जन्मदिनको अवसरमा सुर्खेतको बराहताल गाउँपालिका श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय गिरीघाटका बाढिपिडीतका बच्चाबच्ची करिब ७५ जना बालबालिकाहरुलाई एक एक दर्जन कापिकलम सहयोग गरेर मनाएका छन ।

उनले यो सहयोग गरेको पहिलोपटक हैन बिगत तिन वर्षदेखी उनि आफ्नो जन्मदिन वा श्रीमतीको जन्मदिनमा बालबालिका र विद्यालयको भौतिक संरचनाको लागि सहयोग गर्न पुग्थे । “बिगत ३ बर्ष देखि मैले मेरो जन्म दिन बाडी पिडित बालबालिका हरुलाइ स्टेसनरी सहयोग गर्दै आइरहेको छु, खासै कसैको नजर नपरेको र सहयोग को असाध्यै आबश्यकता रहेका बालबालिका रहेरो हुदा त्यहा मलाइ सकेको सहयोग गरिरहन मन लाग्छ । ” खत्रीले भने । बच्चा बच्चिलाइ सानो सहयोगले उनिहरुको पढाई मा मदत पुग्छ भने किन नगर्ने भन्ने उनको भनाई छ । मनिसले खानपिन नोज मस्ती गरेर जन्मदिन मनाउने जुन चलन चल्ती छ त्यसलाई हामी युवा ले नै परिबर्तन गरि यसको दुरुपयोग होइन सदुपयोग गर्नु पर्ने र आफै बाट सुरु गरेको पनि उनको दावी छ ।

विद्यालय व्यनस्थापन समितिका अध्यक्ष रामबहादुर कामीले खत्रीको सहयोगले उत्साहित भएको र आगामि दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । विद्यालयका प्रधानाध्यापक तारा पोखरेल खत्रीले खत्रीको सहयोगले विद्यार्थीहरुलाई खुसी र उत्साह प्रदान गरेको बताइन । कापिकलम पाउँदा विद्यार्थिहरु निकै उत्साहित देखीन्थे ।

प्रतिक्रिया दिनुहोस