क्रिकेट रंगशाला बनाउन पोखरामा कति छुट्इयो बजेट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ३, पोखरा । पोखरा क्रिकेट रंगशालाको स्तर उन्नतिका लागि गण्डकी प्रदेश सरकारले २ करोड बजेट छुट्याइएकोमा खेलप्रेमीहरुले स्वागत गरेका छन् ।

गण्डकी प्रदेश सरकार र मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई बधाई दिँदै वीन्स इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आगामि आर्थिक वर्ष २०७६–७७ का लागि गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाभित्रको क्रिकेट रंगशालाको स्तर उन्ततिका लागि रु २ करोड विनियोजन गरेकोमा प्रदेश सरकारलाई धन्यवाद ।’

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पोखरा क्रिकेट मैदानका लागि २ करोड विनियोजन गरेको हो । पोखरा क्रिकेट मैदानमा पोखरा प्रिमियर लिग हुँदै आएको छ ।

२०७५ मा पीपीएलको पहिलो संस्करण त्यही मैदानमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा नेपालका विभिन्न शहरका ६ वटा टिमले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस