१० जना यात्रु सवार जीप कर्णाली नदीमा खसेर बेपत्ता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ३ ,हुम्ला । कैलाबालुबाट यात्रु बोकेको जीप कर्णाली नदीमा खसेर बेपत्ता भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाअन्तर्गत कैलाबालुबाट यात्रु बोकेको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

स्थानीयका अनुसार जीपमा चालकसहित १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार खार्पुनाथ गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको लु१ज ७१६६ नम्बरको जीप कर्णालीमा खसेको हो । यद्यपि प्रहरीले भने जीपमा सवार यात्रुको विषयमा एकिन नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस