विदेसीएका युवा शक्ति

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट
  • खिमराज गिरी

असार ३, काठमाडौं । केहि दिन अगाडि नेपाली एक राष्ट्रिय दैनिकमा ”चिनले चिनेका नेपाली वैज्ञानिक ” शिर्षक लेख पढि केहि लेख्न मनलाग्यो ।

काजी भीम मल्लले देश हितको लागि राम्रो काम गरेपनि तत्कालिक समयका राजाका वरिपरि वस्न रुचाइरहने हुक्के, चम्चे र बैठकेहरुले मौकाको फाइदा उठाई पुरस्कृत हुनुपर्ने काजी भीम मल्लकोवारेमा नकारात्मक सन्देश फिँजाई केहि समयपश्चात् मृत्यु दञ्डको सजाय दिलाइयो । जसको फलस्वरुप उनकी श्रीमतीले सती जाने वेलामा देसकोलागि राम्रो कामगर्ने जो कोहिलाई पनि कहिल्यै फलिफाप नहोस् भनेर श्राप दिएकी हुनाले पनि आजसम्म नेपालको इतिहासमा देस हितकोलागि चिन्तनशिल व्यक्तिहरुको चाडै नै अवसान भएको पाइन्छ । त्यसैले नै उखान टुक्का प्रयोगमा नै ल्याइन्छ कि ”सतीले सरापेको देश” भनेर ।

यहाँ सन्दर्भ जोड्न खोजेको कुरा के हो भने नेपालबाट विदेशिएका जतिपनि शिक्षित, दक्ष, अर्धदक्ष, या अन्य केहि शीपमुलक तालिम प्राप्त गरेका युवाहरु छन्, उनीहरुको इच्छा विदेसमा सिकेको शीप नेपालमा केहि न केहि गरेर देखाउनुपर्दछ भन्ने त पक्कै छ होला तर नेपालमा त्यस्तो किसिमको वातावरण सायद नभएर नै होला आज सारा युवाहरु गहभरी आँसु, मनभरी उज्जल भविश्यका विविध इच्छा र आकाक्षाहरु लिएर विदेशिन वाध्य भएका छन् । ती युवाहरु यस अर्थमा पनि विदेसीएका छन् कि हाम्रो जस्तो अति अविकसित देसमा सर्वप्रथम तः पहिला राजनैतिक स्थायित्व नै भएन र राजनैतिक स्थायित्वको लागि देसमा गणतन्त्र ल्याई जनताका छोराले जनतालाई नै शासन गर्ने पद्धति ल्याउनको लागि विगतमा धेरै संघर्षहरु भए र आज बल्ल कम्तिमा लोकतन्त्र अन्तर्गत गणतन्त्रको आभास नेपाली जनताले पाइराखेको अवस्था त छ तैपनि डाक्टर, इन्जिनियर, विभिन्न प्राविधिक शिक्षा , पाइलट पढनको लागि मनमा जोस र जाँगर हुने गरीवका छोरा छोरीहरुले धन नभएर पढ्न पाउँदैनन अनि धन हुनेहरुले पढे पनि नाम मात्रको पढाई न गुणस्तरयुक्त हुने न सहि सलामत जनताको सेवा नै ।

यहाँ त भरौटे र अरौटेको रवैया संस्कार जवसम्म रहन्छ, तवसम्म ती पौरखी युवा युवतीहरुको जमातले स्वदेशभित्र यस्ता महत्वपूर्ण स्थानविशेषमा मौका पाउन धेरै संघर्षको मैदानमा परेड खेल्नुपर्दछ । धेरै सीप र जाँगर भएका कयौं युवा युवतीहरु आज विदेसको माटोमा गई मरुभूमीलाई पनि हरियाली फाँट वनाउन सफल भएका छन् भने हामी त प्राकृतिकरुपमा नै धनी कहलिएका नेपालीहरु भने भएका विभिन्न श्रोत र साधनहरुको सदुपयोग गर्ने वातावरण नभएर हो या विदेसी संस्कृतिले आकर्षण गरेर हो ”तन र मन उतैतिर झन ” भनेजस्तो सदैव विदेसमा मात्र मन जान्छ । यी यावत कुराहरुलाई मध्यनजर राखेर अहिलेको सरकारले हरेक युवा शक्तिहरुको आत्म कथालाई वुझि विदेसमा सिकेको सीपलाई स्वदेसमा नै परिचालन गर्ने वातावरण बनाई सवै सृजनशील युवाहरुलाई उचित पारिश्रमिकको पनि व्यबस्था गरी काम अनुसारको माम पनि दिलाउन सक्ने हो भने यहि माटोमा फल्छ हिरा अनि हामी किन हुने विदेसीका किरा ?

यसकोलागि सर्वप्रथम देसमा मौलाउँदै गएको भ्रष्टाचारको क्यान्सर रोगलाई निको पार्न सक्नुपर्दछ र सरकारले पनि राजनैतिक विचौलियाहरु, आसे पासे, भरौटेहरुलाई स्थान नदिई कुनैपनि क्षेत्रमा सम्बन्धित विषयको विज्ञलाई प्राथामिकताको आधारमा सुचिकृत गरी उचित पारिश्रर्मिकको व्यबस्था मिलाउनुको साथै काम र सीपको उचित मुल्यांकन गर्ने परिपाटी वसाउने हो भने चीनले चिनेका ती नेपाली वैज्ञानिकहरु न त चिनमा नै रुमलिनु पर्दथ्यो अनि अमेरिकामा जहाज वनाएका ती नेपाली वैज्ञानिक प्रमोद रेग्मी जस्ता व्यक्तित्वहरु र भारतमा यान्त्रिक विज्ञकोरुपमा काम गरिरहेका कयौं नेपालीहरु अर्काको देसमा रुमलिएर वस्नुपर्ने वाध्यता हुन्थ्यो ! अनि न त अस्पत्ताल जस्तो अति जोखिमयुक्त स्थानमा नक्कली डाक्टर सावको विगविगी हुन्थ्यो न त विचौलियाहरुले पेटेल पम्पजस्तो अति संवेदसील चिजलाई घनावस्तीमा संचालन गर्न पाउथे,। यसरी नेतृत्व तहले देस विकासको लागि सहि युवा सीप र जाँगरको पहिचान गरी सरकारी कोटामा विदेसमा पढ्न जाने जतिपनि युवा शक्तिहरु छन् तीनलाई त झन अध्ययन र काम सकिएपश्चात् अनिवार्य नेपाल फर्किनुपर्ने वातावरणको सृजना गराईनुपर्दछ अन्यथा देस विकासको लागि जतिसुकै सिद्धान्तका कुरा गरेता पनि व्यबहारिक पाटो भिन्न भएकोले यसको लागि सरकारी तवरबाट एकदम पहल कदम चाल्नु जरुरी देखिन्छ ।

अनि मात्र आज विदेसीएका कर्यौ युवाशक्ति स्वदेस आउने वातावरण बन्नसक्छ र देस विकासको निकास चाडै नै निस्किन्छ त्यसैले एउटा गीत नै छ नि

“घरको छानो चुहिँदो हो झरीले, काफल पाक्यो भन्दो हो चरीले”
“रोयो गामवेसी, अव त फर्केर आउ है परदेशी !”

साच्चै नै यो गीतको मर्म बुझेर पनि आज दुःखले विदेसीएका ती सारा युवा युवतीहरुले स्वदेसमा नै केहि सृजनशील काम गर्छु भन्ने भावनाका साथ अभिप्रेरीत हुने हो र सरकारी तवरबाट पनि युवा आर्कषित विभिन्न प्याकेजहरु ल्याउने हो भने आज किन झरिको खेलौना र चरीको विलौनामा परदेसीएका छोरा छोरीहरुलाई आफन्तले सम्झी सम्झी किन धुरु धुरु रुन पर्दथ्यो र ? यहि विगतको कथा व्यथा सम्झी अहिले सरकारले ल्याएको विभिन्न सामाजिक सुरक्षा कार्यक्र्रमलाई मुर्तरुप समयमा नै दिइयो भने तवमात्र विदेसीएका ती युवा युवतीहरु स्वदेसमा नै आप्mनो सीप र जाँगरको सहि परिचालन गरी आप्mनो परिवारमा रमाएर वस्न पाउने वातावरणको सृजना हुन्छ र अनि मात्र ”सुखी नेपाली, समृद्ध नेपाल”को नाराको सार्थकता व्यवहारमा झल्किन्छ ।

मध्य नेपाल नगरपालिका २
हाल तारकेश्वर न.पा.८, काठमाण्डौ ।
९८५११९२०८८

प्रतिक्रिया दिनुहोस