बाजुरामा १६ वर्षकी किशोरी २६ दिन यता वेपत्ता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार, बाजुरा

असार २, बाजुरा । बाजुु्राको हिमाली गाउपालिका वडा नं. १ की १६ वर्षकी एक किशरी २६ दीन देखि बेपत्ता भएकी छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा नं. १ विच्छ्याकी बाचकला भण्डारीकी कान्छी छोरी बास्मती भण्डारी रहेकी छिन ।

३ गते बाट गाउपालिका स्तरीय राष्ट्रपति रनिङसिल्डको लागी विच्छ्या मा.वि बाट छनोट भएर खेल खेल्न आएकी भण्डारी जेष्ठ सात गते दीउसो २ बजे बाट बेपत्ता भएकी हुन । हराएको २६ दिन भै सकेको तर पनी आज सम्म पनी कीशोरी भण्डारी का छन के र्गदै छन कुनै अत्तो पत्तो नभएको उनकी आमा बाचकला भण्डारीले बाताएकी छन । आमा उनीलाइ खोज्दै कोल्टी पुगेकी छन । तर छोरी कतै नभेटाएको आमाले बताइन ।

किशोरी भण्डारी हीमाली गाउँपालीका वडा नं. १ मा पर्ने विच्छ्या मा.वि. मा कक्षा ९ मा अध्यायनतर छात्रा हुन । शिक्षक लगायत यूवा परिचालन गराए र खोजीकार्य गराएको वडा नं १ का वडा अध्यक्ष लालजित थापाले बताएका छन । भण्डारीको खोजी कार्य अझै ,भैरहेको कोही कसैले भेटाएको खण्डमा तुरुन्तै नजिकैको प्रहरी कार्यालमा जानकारी गराइदिनु हुन अध्यक्ष थापाले अनुरोध गरेका छन । अस्थाइ इलाका प्रहरी कार्यालय धुलाचौर प्रहरीले गर्नु पर्ने सवै गरि सकेको बताएको छ । अभै पनी अनुसन्धान र खोजीकार्य गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस