दैलेखको ठाटीकाँधमा जिप दुर्घटनामा घाईते चारजनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज रिफर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २ दैलेख । दैलेखको ठाटकिाँध गाउँपालिका –३ वहाँकोटमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट दैलेखको ठाटिकाध गाउँपालिका–४ तर्फ जाँदै गरेका भे १ च २९९० नम्बरको जिप दुर्घटना भएको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । जिपमा चालकसहित आठ जना रहेको जनाइएको छ । जिप सोमवार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जिप बहाकोट बजारबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको सामुदायिक स्वस्थ इकाई वाँहाकोटमा उपचार सम्भव नभएर हेलिकप्टर मार्फत नेपागञ्ज रिफर गरिएको छ ।

घाईतेहुनेमा देउति मावि गैरागाउँका शिक्षक सुरत शाही,वडा नं.४का बमबहादुर शाही,गाडी साहु लोकेन्द्र शाही र गाडी चालक ठाटीकाँध –२का भरत बिष्ट रहेको वडा –का अध्यक्ष कर्णबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस