तार्केश्वरमा गाँजा खेति, प्रहरीले गर्यो नष्ट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकामा गाँजा खेती हुने गरेको पाइएको छ । तारकेश्वर नगरपालिका–१ कुन्चीपखलमा ५५० रोपनी जग्गामा लगाइएको अवैध गाँजा प्रहरीले नष्ट गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बाल नरसिंह राणाको कमाण्डमा खटिएको टोलीले उक्त जग्गामा लगाइएको गाँजा फडानी गरेको जनाइएको छ ।

 

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५५० रोपनीमा लगाइएको गाँजा खेती तारकेश्वर नगरपालिका वडा नम्बर १ र प्रहरीको संयुक्त टोलीले फडानी गरेको वृत्तका प्रमुख राणाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस