इलामको रोङमा पिकअप र्दुघटनामा दुइ घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल, इलाम

जेठ ३१, इलाम । इलामको रोङमा आज भएको दुर्घटनामा दुइजना घाइते भएका छन् ।


इलामको रोङ गाउपालिका वडा नं ६ दुधे कातिके निन्दा ग्रामीण सडकमा बास बोकेको मे १ ज १४२७ नं को बलेरो पिक अप गाडी आज दिउसो करिब १२ बजेतिर दुर्घटना हुदा बर्ष १२ का रोनित राइ र बर्ष ८ का आकृति कार्की घाइते भएका छन् । गाडी सडकबाट करिव सय मिटर तल खसेको स्थानियको भनाइ रहेको छ । घाइते मध्ये रोनितको दाहिन खुट्टा भाचिएको छ भने काकीलाइ सामान्य चोट लागेको छ ।

घाइते दुबैको झापाको कन्काइ अस्पताल बिर्तामोड झापामा उपचार चइरहेको छ भने चालक प्रहरी चौकी जिर्मलेको नियन्त्रणमा रहेको प्रहरी सहायक निरीक्षक मिन बहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस