जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिकामा शुक्रबार बिहान जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

महेन्द्रनगरबाट गड्डाचौकी जाँदै गरेको से१क ७३३ नम्बरको जेसिबीले विपरीत दिशाबाट आउँदै गरेको म१ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो।  दुई जना पुरुष र एक जना महिलाको दुर्घटनामा परेर मृत्यु भएको छ। घाइतेको तीन जनाको अञ्चल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका चार जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस