बाजुरामा जिप दुर्घटना हुदा १० जना घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • धर्म सुनार, बाजुरा

जेठ ३१, बाजुरा । बाजुराको तल्लो क्षेत्रमा रहेको बुढीगंगा नगरपालिका बाम्का बजारबाट त्रिबेणी नगरपालिकाको छतारामा जार्दै गरेको यात्रु बोकेको जीप सादाले खोलामा दुर्घटना हुदा १० जना घाइते भएका छन ।

बिहिबार दिउँसो करिब ३ः३० बजकोे समयमा बुढीगंगा नगरपालिका को बाम्का बाट त्रिबेणी नगरपालिकाको छताराको लागी छुटेको जिब त्रिबेणी नगरपालिको सादाले खोलामा दुर्घटना भएको हो । ५५२ नम्बरको जीप उक्त खोलामा नियन्त्रित हुन नसक्दा दुर्घटना भएको त्रिबेणी नगरपालिका–२ का वडा अध्यक्ष प्रभुराज जैशीले बताएका छन । घाईते हुनेमा त्रिबेणी नगरपालिका–६ छताराका गाडी मालिक नविन खड्का, गाडी चालक नरेन्द्र रावल रहेका छन् भने यात्रुमा सवार चंखे नेपाली उनकी श्रीमति रजियाँ नेपाली छोरी सपना नेपाली, महेश्वरी नेपाली, छोरा आयुष नेपाली, सोही वडाकी झंकरी नेपाली रहेका छन् भने यस्तै वडा नं.–८ का विजय मिजार र सुनिल नेपाली रहेका छन् ।

घाईते मध्ये झंकरी नेपाली र रजियाँ नेपालीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले बताएको छ । गाडी करिव ५४ मिटर तल खसेको छ । घाईतेको थप उपचारका लागि अहिले अछामको बयालपाटा अस्पताल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस