झोलुङ्गेपुल निर्माणमा घुस खाने इन्जिनियर पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, सप्तरी । सप्तरी, रुपनी गाउँपालिकामा कार्यरत इन्जिनियर विकाश कुमार श्रेष्ठले झोलुङ्गेपुल निर्माण सम्बन्धी बील फरफारक गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा रङ्गेहात पक्राउ परेका छन ।

विशेष उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले इन्जिनियर विकाश कुमार श्रेष्ठले सेवाग्राहीसँग रू.१,००,०००।– घुस बापतको रकम बुझि लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।  उनलाई राजविराज नगरपालिका वार्ड नं ६ स्थित योगेन्द्र साहको घरमा रहेको उनको डेराबाट उक्त रकम सहित रङ्गेहात पक्राउ गरी अनुसन्धान भैरहेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस