महेन्द्र राजमार्ग सडक खाल्डाखुल्डी सवारी चालकलाई सास्ती दुर्घटना हुने खतरा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  •  सागर थापा

जेठ ३०, दाङ । दाङको लमही पुर्व मेची देखि पश्चिम महाकाली जोड्ने एक मात्र महेन्द्र राजमार्ग भित्र पर्ने लमही–भालुबाङ सडक खण्ड मृत्यु मार्गमा परिणत हुदैछ । सिसहनियाँ देखि भालुवाङ सम्म कालोपत्रेको काम सुरु भएपनि सिसहनियाँ देखि लमही सम्मको सडक मर्मत नहुँदा ठुलाठुला खाडल बन्दै गएको छ ।

जसका कारण दैनिक जसो सानो ठुलो दुर्घटना हुने गरेको स्थानीयले बताउने गरेका छन् । उक्त सडकमा हजारौ साना ठुला गाडीहरु आहोर दोहर गर्ने गर्दछन् । सडकमा ठुला ठुला खाडल पर्दा समेत सम्बन्धित निकायले मर्मतका लागि चासो देखाएको छैन । सडक मर्मत संभारको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय दाङले ध्यान नदिएको स्थानीय लोकराज अघिकारीले बताए । सम्बन्धित निकायले कानमा तेल हालेर बसेका कारण राजमार्ग दिनदिनै असुरक्षित बन्दै गएको अधिकारीले बताए । सो खाल्डो समयमा नपुर्ने हो भने त्यसले ठुलो दुर्घटना निम्त्याउने मोटरसाइकल चालक शंकर चौधरीले बताए । खाल्डो राजमार्गको बिच बिच तथा छेउछाउमा समेत रहेको कारण त्यसले दुर्घटना निम्त्याउने र धेरै गाडी चल्ने राजमार्गमा खाल्डाखुल्डी राख्नै हुन्न,सम्बन्धीत निकायले चाडै कालोपत्रे गरिदिनु पर्ने मोटरसाइकल चालक चौधरीले सुझाव दिए । राजमार्गमा तीब्र गतिमा गुडेको सवारीसाधानले नजिकै आएपछि मात्रै खाल्डो देख्ने हुँदा गाडी दुर्घटना हुने गरेको चालकहरु बताउछन् । एम्बुलेन्स र विरामीलाई झनै दुख हुन्छ । खासगरी राती यात्रा गर्ने सवारी चालकहरुलाई त्यसले निकै समस्या पारेको छ ।

यता यस विषयमा सडक डिभिजन कार्यालय दाङमा बुझदा कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीले अवको २–३ दिन भित्रमा सडकको अवस्था हेरेर मर्मत वा कालोपत्रेको काम सुरु हुने बताएका छन् । पुर्व धानखोला देखि पश्चिम शिवखोला सम्मको कुल १ करोड ४१ लाख ७२ हजार लागत लाग्ने भए पनि सिसहनियाँ देखि लमही सम्मको सडक मर्मतको जिम्मा पाएको शान्ति निमार्ण सेवाले ९२ लाख ३० हजारको ठेक्का लिएको छ । जसले सडकको अवस्था हेरेर मर्मत तथा कालोपत्रेको काम गर्ने छ भने सिसहनियाँ देखि धानखोला सम्मको सडक पुरै कालोपत्रे गर्ने जिम्मेवारी पाएको महेश निमार्ण सेवाले ५ करोड ५२ लाख १९ हजारको ठेक्कामा काम जारी राखेको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस