दाङमा रक्सीको मातमा शिक्षकले गरे बालिकालाई यौन दुर्व्यवहारको प्रयास

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

 खबर 24 नेपाल ५. नम्बर ब्युरो

जेठ ३०, दाङ । दाङको घोराही स्थित एक नीजि विद्यालयका शिक्षकले मादक पदार्थ सेवन गरेर विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित किड्स ब्राईट फ्यूचर ईग्लिस स्कूलका शिक्षक विनायक बस्नेतले विद्यालयका दुई बालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । शिक्षक बस्नेतले मादक पदार्थ सेवन गरेर विद्यालयको कक्षा पाँचमा अध्ययन गर्ने दुई बालिकामाथि यौन दुव्र्यवहार गरेको पीडित बालिकाको अभिभावक टंक नेपालीले बताउनुभयो । विद्यालयको क्षेत्र भित्रै शिक्षक बस्नेतले यौन दुव्र्यवहार गरेपछि बालिकाहरुले विद्यालयका प्रिन्सीपल राजेन्द्रकुमार पाण्डेयलाई जानकारी गराएका थिए । यसको साथै बालिकाहरुले अभिभावकलाई समेत जानकारी गराएपछि प्रहरी मार्फत बस्नेतलाई उनकै घर घोराही १६ भगवानपुरबाट नियन्त्रणमा लिईएको छ । विद्यालयमा शिक्षकले मादक पदार्थ सेवन गर्ने र बालिकाहरु माथि यौन दुव्र्यवहार गर्ने शिक्षकलाई अभिभावकहरुले कडा कारबाहीको माग गरेका छन् ।

उनीहरुले शिक्षक बस्नेतलाई प्रहरीलाई बुझाउनुको सट्टा विद्यालयबाट भगाएको भन्दै विद्यालयमै पुगेर आक्रोश ब्यक्त गरेका थिए । तर प्रहरीले आरोपित बस्नेतलाई उनकै घरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय घोराही दाङको महिला बालबालिका सेलमा पठाईएको अस्थायी प्रहरी चौकी सर्राका ईन्चार्ज जोखबहादुर विकले बताउनुभयो । शिक्षक बस्नेतले विद्यालयमा तीन महिना देखि पढाउँदै आएका थिए । विद्यालयका प्रिन्सीपल राजेन्द्रकुमार पाण्डेले शिक्षक बस्नेतले अघिल्लो वर्ष पढाएर छोडेको र पछिल्लो तीन महिनादेखि नियमित रुपमा पढाउँदै आएको बताउनुभयो

प्रतिक्रिया दिनुहोस