डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा लडेपछि खेल रद्द गरिएको हो ।

युएईएफले चिकित्सा आपतकालको कारण जारी खेल रद्द गरिएको जनाएको छ । खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए ।उनलाई मैदानमै पीसीआर दिईएको थियो । उनलाई हृदयघात भएको अनुमान गरिएको छ । खेल गोलरहित बराबरीको अवस्थामा रहेको थियो ।

Image

प्रतिक्रिया दिनुहोस