गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली मुख्यमन्त्री

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, कास्की । गण्डकी प्रदेशमा नेकपा एमालेकै सांसदले विद्रोहको चेतावनी दिएपछि कृष्णचन्द्र नेपालीलाई नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नेपालीलाई नियुक्ति गरिएको र केहीबेरपछि शपथको तयारी भएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा आजै दीपक मनाङेसहित तीन जनालाई आजै मन्त्रीमा नियुक्तिको तयारी छ । मन्त्रीमा माओवादी केन्द्रबाट एकजना, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक मनाङेलाई मन्त्रीमा नियुक्तिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस