विराटनगरमा पनि भेटिए डेंगुका बिरामी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, विराटनगर । विराटनगर महानगरपालिका १ र ३ नम्बर वडामा दुई जनामा डेंगुको संक्रमण भेटिएको छ । डेंगुको संक्रमितहरुको विराटनगर अस्पताल र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गत वैशाख ३१ गतेबाट फैलिएको डेंगु रोगबाट संक्रमितको संख्या ३६८ पुगेको छ । मंगलबार मात्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८९ बिरामी थपिएको बताइएको छ । धरानमा डेंगुको प्रकोप मोरङ र सुनसरीमा फैलिएको छ । डेंगुको संक्रमण इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकामा पनि देखिएको छ ।

केही दिनअघि मोरङको सुन्दरहरैचा नगरपालिकामा संक्रमण देखिएको थियो । लगतै पथरी शनिश्चरे नगरपालिकामा पनि भेटिएको थियो । मंगलबार विराटनगरमा दुई जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस