अबैध ५७ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, बारा । प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँ सहित बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो । बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको हो । बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्त्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको थियो ।

उनलाई पक्राउ गरी बरामद नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस