शिवालयमा प्रधानमन्त्री रोजगार कार्यक्रम

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • रेशम बहादुर खड्का, जाजरकोट

जेठ २९,जाजरकोट। जाजरकोटको शिवालयमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । आन्तरिक रोजगारीको सिर्जन गर्न सरकारले संचालनमा ल्याएको प्रधानमन्त्रि रोजगार कार्यक्रम जाजरकोटको शिवालयबाट सुरु भएको हो । जिल्लामै पहिलोपटक शिवालय गाउँपालिकाले रोजगार कार्यक्रमको सुरुवात गरेको हो ।

सोमवार १८ देखी ५९ बर्ष मुनिका बरोजगारलाई मोर्कखोलामा कजवे निर्माणमा कार्य गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले उद्घाटन गरेका थिए । शिवालय गाउँपालिकाको अध्यक्षमा पुर्व एमालेको तर्फवाट निर्वा्चित शाही र शाहीका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका खडक विसीले प्रधानमन्त्री रोजगार कार्यक्रमको सयुंक्त रुपमा उद्घाटन गरेको शिवालय गाउँपालिका स्रोतले जनाएको छ । हातमा वेल्चा र सप्पल लिएर खोलाको किनारमा कजवे निर्माणको जग खन्दै कार्यक्रमको उद्घाटन गरेको स्रोतको भनाई रहेको छ । शिवालय गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्न गाउँपालिकाको वडा नम्वर १ र ९को सिमानामा पर्ने मोर्कखोला मा कज वे निर्माणको कार्य सुरु गर्न अध्यक्ष शाही र उनका प्रतिद्धन्दी विसीले वेल्चा र सप्पलले माटो खनेर रोजगार कार्यक्रमको उद्घाटन गर्न लाग्दा स्थानीयहरु दंग परेका थिए ।

तीस भन्दा वढी मज्दुर स्थानीयवासी र पत्रकारहरुको उपस्थितिमा शाही र विसीले एकै साथ उक्त कार्यक्रमको सुरुवात गर्दा स्थानीय र अन्य सरोकारवालाहरु हर्षित देखिन्थे । राजनैतिक सहकार्य र सहमतिका आधारमा विकास र परिवर्तनको अभियानमा विभिन्न दलहरु एक हुनु सकरात्मक कुरा भएको नेपाली काँग्रेस जाजरकोटका सचिव समेत रहेका खडक विसीले वताए ।

विसिले जनताले राहत र परिवर्तनको अनुभुति गर्ने गरि सवैको साथ सहयकार्य र सहयोगवाट विकासका काममा सवै सरोकारवालाहरुका विचमा सहकार्य हुुन जरुरी रहेको वताए । राजनैतिक हिसावले वाटो जुनसुकै भएपनि विकासको यात्रामा सवैको साथ र सहकार्य जरुरी छ, विसीले भने ।

जिल्लामा सवै भन्दा अगाडि शिवालय गाउँपालिकाले सुरु गरेको उक्त कार्यक्रमवाट शिवालय गाउँपालिकामा एक सय चौहत्तर स्थानीयले २० दिन सम्म रोजगारी पाउने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले वताए । उनले सरकारले कार्यक्रमका लागि दिएको २९ लाख वजेटमा गाउँपालिकाको तर्फवाट केहि वजेट थप थरेर विभिन्न साना ठुला गरि ८ वटा योजनाहरु निर्माण गर्न लागिएको अध्यक्ष शाहीले वताए ।

गाउँकार्यपालिकाको वैठकवाट प्राथमिकताको आधारमा छनोट गरिएका योजनाहरुवाट गाउँपालिकामा निकै जरुरी भएका पुर्वाधार निर्माण रोजगारी प्रवद्र्धन गर्ने कार्यक्रमहरु सन्चालन गरिएको अध्यक्ष शाहीको भनाइ छ ।गाउँपालिकाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक प्रकाश पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिएका तीन हजार चार सय उनानअसी जना मध्य एक सय चौहत्तर स्थानीयहरु छनोटमा परेको वताए । उनले सरकारको मापदण्ड अनुसार १८ वर्ष देखि ५९ वर्ष उमेर समुहका नागरिकहरुलाइ मात्र उक्त कार्यक्रममा समावेस गरि रोजगारीको अवसर दिइएको वताए । २० दिन भित्र सरकारले छुटयाएको वजेटलाइ अधिकतम रुपमा सदुपयोग गरि जनतालाइ रोजगारी दिने र विकासको स्वरुप परिवर्तन गराउनमा सवैको साथ र सहयोग जरुरी रहेको वताए ।

कार्यक्रमा सहभागि पत्रकार वीरवहादुर गिरीले प्रधानमन्त्री रोजगार कार्यक्रम नेता र नेताको आफन्त मुखी भन्दा पनि विपन्न र गरिव जनताको आवस्यकतामुखी हुनु पर्ने वताए । जनताले उचित राहत र सहयोग नपाए सम्म कार्यक्रमको सफलता माथि विस्वास गर्न नसकिने वताए ।

 

प्रतिक्रिया दिनुहोस