कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, पर्सा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिका ८ रामनगरी बस्ने २७ बर्षीय प्रजा सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७५ चैत १८ गते पर्सा रामनगरीका हरेन्द्र गिरीको गहुँ खेतमा बस्ने ५६ बर्षीय किशोरी सहनीलाई कर्तव्य गरी हत्या गरेर फरार रहेका प्रजालाई जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिएको टोलीले वीरगंज महानगरपालिका १ छप्कैयास्थित नेपाल भारतको सीमानामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस