दाङ ट्राफिकले भारतीय सवारी साधनमाथि कडा निगरानी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

जेठ २८,दाङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले भारतीय सवारी साधनमाथि कडा निगरानी बढाएको छ । सिमावर्ती क्षेत्रबाट खुलेआम भारतीय सवारी शाधनहरुको प्रयोग बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले हरेक सवारी साधनलाई कडाइको साथ चेकजाँ गर्न थालेको छ ।

दाङमा केही दिन यता भारतिय नंम्बर प्लेटका सवारी साधनहरूले पर्यटक प्रयोजनका लागि नेपाल प्रबेशाज्ञा लिई नेपाल भित्र भाडामा यात्रु ओसार पसार गरेको भन्ने जनगुनासो हरु बिभिन्न पत्र पत्रिका समेतमा समाचार प्रकाशित भैआएकोमा दाङ ट्राफिकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ कार्यालय बाट चेकजांच गर्ने क्रममा निश्चित अबधीको लागि भन्सार प्रबेशाज्ञा लिई भाडामा संचालन गरिएको तथा अस्थाई सडक ईजाजत पत्र समेत नलिई संचालन गरीरहेको पाईएको त्यस्ता सवारी साधनहरूलाई कानुन अनुसार कडा कारबाही गरेको दाङका ट्राफिक हवलदार टेक बहादुर कुसारीले जानकारी दिए ।

भारतको विभिन्न जिल्लाहरुको नाका भैरहवा कपिलवस्तु कोइलाबाँस नेपालगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटबाहक सवारीको यकिन तथ्याँक नभएपनि ‘भन्सार शुल्क’ र ‘सुविधा शुल्क’ काट्नेको संख्या न्यून छ । नेपालका सिमावर्ती क्षेत्रका बासिन्दाले समेत भारतीय नम्बर प्लेटका सवारी चलाउने क्रम बढेको छ । यस्तो अवस्थामा दुवै देशमा हुने सवारी साधनको चोरी धन्दा रोक्न र अपराधिक क्रियाकलाप अन्त्य गर्न भारतीय सवारीसाधनमा समेत कडा निगरानी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख मदन कुवरले बताए ।

दाङ ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार जेठ महिनाको अवधीमा मात्र ४ वटा भारतीय नम्बर प्लेटबाहक सवारीसाधनलाई कारवाही गरिएको छ । विशेष गरेर ‘भन्सार शुल्क’ र ‘सुविधा शुल्क’ नलिएका सवारी साधन दाङको विभिन्न ग्रामिण भेग सम्म पुग्ने गरेको दाङ ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

दाङ ट्राफिक प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका सवारी शाधन मोटरसाइकलहरु लगाएतलाई कडा निगरानी गर्न दाङको हरेक भित्री भित्री गाउँ सडकहरुमा समेत विभिन्न समयमा चेकजाँच गर्न निर्देशन दिएको छ । जसका कारण दुर्घटना न्यूनीकरणमा समेत टेवा पुगेको छ र दाङ ट्राफिकको अनुरोध कतै भारती नम्बरको गाडीले सवारी बोकेको देखेमा नजिकको प्रहरी चोकी वा १०० म खबर गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस