मुगुबाट बानियाँ बने बिना बिभागिय मन्त्री, पुरा भयो मन्त्रीबन्ने सपना

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २७, मुगु । प्रधानमन्त्री केपीशर्मा ओलीले बिहिबार मन्त्रीपरिषद बिस्तार गर्ने क्रममा मुगु जिल्ला बाट निर्बमान सासद मोहन बानियाँ समेटिएका छन । बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरि बिना बिभागिय मन्त्री बनाइएको छ ।

मुगु जिल्ला बाट २०७४ सालमा प्रतिनिधि सभाको निर्बाचनमा समानुपातिक निर्बाचन पद्धतिबाट सासद निर्बाचित भएपछि बानियाँ पहिलो पटक मन्त्री बनेका हुन । सरकारमा जानका लागिमात्र बानियाले कुनै मन्त्रालय रोजेका थिएनन । कर्णालीको प्रतिनिधित्वको हैसियतले सरकारमा जान पाउनु पर्ने बानियाको अडान थियो ।

नेकपाएमाले पार्टीका जुम्ला मुगु सह इन्चार्ज, केन्द्रीय सदस्य कर्णाली प्रदेश इन्चार्ज लगायत पार्टीको मुख्य जिम्मेवारी समाल्दै आएका बानियाको मन्त्री बन्ने सपना पुरा भएको छ । मुगु जिल्ला बाट मन्त्रीमा बानिया समेटिए पछि  जिल्लाबासीमा उत्साह देखिएको छ । सामाजिक संजालमा बानियालाई बधाई दिनेको ओइरो नै लागेको छ । बहुदलिय ब्याबस्था पश्चात मुगु जिल्ला हस्तबहादुर मल्ल शिक्षा राज्यमन्त्री, मानबहादुर शाही भूमिसुधार राज्यमन्त्री र तेश्रोमा नेकपा एमाले पार्टीका मोहन बानिया बिना बिभागिय मन्त्रीको जिम्मा पाएका हुन ।

मुगुको समग्र बिकासको निम्ति आफनो ध्यान केन्द्रीत हुने मन्त्री बानियाको भनाई छ । मुगुको पर्यटन पूर्बाधार बिकास, उत्तरी नाका कोरोना महामारी रोकथाम लगायत बिषयमा सरकारसंग पहल गर्ने बानियाले बताए ।

प्रतिक्रिया दिनुहोस