कर्णालीका चार सांसदमाथिको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २७, काठमाडौँ । सर्वोच्च अदालतले पार्टीको निर्देशन विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादृुर शाहीको पक्षमा मतदान गरेका चार सांसदमाथिको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । कारबाहीको प्रक्रियामाथि नै प्रश्न उठाउँदै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

अदालतले प्रदेश सभाबाट निष्कासित सदस्यहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सदस्यकै हैसियतमा यथावत काम गर्न दिन पनि आदेशमा भनेको छ । अदालतले चार सांसदहरुमाथिको कारबाहीको स्पष्टीकरण नेकपा एमालेको केन्द्रीय कमिटीको निर्णयको आधारमा नभइ महाधिवेशन आयोजक कमिटीले गरेको भन्दै प्रक्रियामै प्रश्न उठाएको छ । निष्कासन गर्ने निर्णय केन्द्रीय कमिटीबाट नभइ गरिएको कारबाही त्रुटिपूर्ण भएको आदेशमा उल्लेख छ । कारबाहीसम्बन्धी भएका सम्पूर्ण पत्राचारहरु समेत अदालतले बदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस