वडा अध्यक्ष भामको कोसेलि १६ दलित घर परिवार लाई राहत

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ २६, मुगु । छायानाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष विष्णुकुमार भामले बुधवार एक कार्यक्रमका बिच यहाका १६ जना दलित घर परिवार लाई राहत वितरण गरेका छन् । आर्थिक अवस्था न्युन भएका दलित , गरिब , विपन्न , परिवार लाई पहिचान गरि छायानाथ रारा नगरपालिकाका वडा नं १४ सुम्लिका १६ जना दलित घर परिवार लाई खाद्यान्न राहत वितरण गरेका हुन ।

वडा अध्यक्ष भामले आफुले पाएको बैठक भत्ता र घर परिवारको बचत रकम बाट कोरोनाले थला परेका मजदुरीहरुको मुठी बन्द भएको दलित नागरिक लाई र विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ बाट प्रभावित भएका र निषेधज्ञाले छाक टार्न समस्यामा परेका दलितहरु लाई केही राहत होस भनि घाउमा मलम लगाउने प्रयास गरेको वडा अध्यक्ष भामले जानकारी दिए । वडा अध्यक्ष भामले राहत स्वरुपमा १ प्याक चामल , १ पोका नुन , बेसार , एक पाकेट खुर्सानि , र हात धुने डिटोल सावुन राहत वितरण गरेको उनको भनाई छ ।

यस्तो महामारीको समयमा हात मुख जोड्न सकस भएका दलित नागरिकहरुको छाक टारेको स्थानीय कुसबिर नेपालीले बताए । वडा अध्यक्ष भामले यो उनको नौलो करा पनि होईन , उनले निर्वाचित भएर आईसके पछि आफुले पाउने सेवा सुविधाको रकम कटाएर सार्वजानिक स्थानमा शौचालय निर्माण गरेका छन् भने दिन दुखि गरिबको पनि सहारा बन्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस