झापाका उद्यमी दिपेन्द्र पोखरेल कोरोनाबाट मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, झापा । कोरोना भाइरस संक्रमणबाट झापाका उद्यमी दिपेन्द्र पोखरेलको मृत्यु भएको छ। कोरोना संक्रमण भएपछि विगत एक महिनादेखि काठमाडौंमा उपचाररत उद्योगी पोखरेलको गएराति मृत्यु भएको उनका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिए ।

५३ वर्षीय पोखरेलको गएराती १२ बजे काठमाडौंको नर्भिक हस्पिटलमा मृत्यु भएको हो । उनी ३६ दिनदेखि उपचाररथ थिए । नेपाल प्लाइउड भेनियर सघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । बिर्तामोड ३ निबासी पोखरेलका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस