गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङ विश्वासको मत लिँदै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । अल्पमतको सरकार भएकाले उहाँले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा (६८ को उपधारा ४ बमोजिम) प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिसक्नु भएको  छ । उहाँले आफूलाई विश्वासको मत दिन आग्रह गनुभएको छ । प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको पूर्णकार्यकाल र संघीयताको सबलीकरणका लागि आफूलाई मत दिन आग्रह गरेका गर्नुभयो ।

यसअघि विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने बेला वैशाख १५ मा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएको सूचनापछि प्रदेशसभा बैठक स्थगित भएको थियो ।

त्यसपछि वैशाख २७ मा अविश्वास प्रस्तावमाथि मतदानको कार्यसूची तय गरिएकोमा त्यसको अघिल्लो दिननै मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र २ वा त्यसभन्दा बढी दललाई सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस