नेकपा एमाले माधव पक्षका गणेश पहाडी मन्त्री बन्ने तयारी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षलाई कडा झट्का लागेको छ । नेकपा एमालेको माधव नेपाल पक्षका मानिने गणेश पहाडी पनि मन्त्री बन्ने भएका छन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी छ ।

अपराह्न चार बजे शपथ ग्रहण गर्न आउनू भनेर खबर आएको पहाडीले बताए । सिन्धुलीबाट दुईपटक निर्वाचित भएका पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ जनामा एक थिए । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेनन् ।

योगेश भट्टराई र पहाडीले संयुक्तरूपमा यसअघि एमाले महासचिव ईश्वर पोखरेललाई पनि भेटेर पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए । माधव पक्षका गोकर्ण, योगेश गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस