अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७,अर्घाखाँची। अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहान भूमिकास्थान नगरपालिका ९ तारिकेमा लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिपमा चालक मात्र सवार थिए ।

प्रतिक्रिया दिनुहोस