कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका क्षेत्रबाट लागुऔषधसहित सोही नगरपालिका-४ मा रहेको बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलौरी नगरपालिका-९ का गोपाल ठगुन्नालाई पक्राउ गरेको हो ।

होटल सञ्चालक साहुलाई कारोबार गरिरहेको अवस्थामा १.४२ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो भने ठगुन्नाको साथबाट पनि १२ ग्राम २० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस