नुवाकोटको तारकेश्वर गाउँपालिकामा मृत चितुवा फेला

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २७, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा मृत अवस्थामा एक चितुवा भेटिएको छ । वडा नम्बर ५ को गोस्र्याङस्थित कात्तिके सामुदायिक बन क्षेत्रमा मृत भाले चितुवा फेला पारेको हो ।

तारकेश्वर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चुडामणि गजुरेलका अनुसार मृत चितुवालाई बुधवार दिउँसो स्थानियबासीले प्रहरीको रोहवरमा रातमाटे सव बन डिभिजन कार्यालयलाई हस्तान्तरण गरेका छन् । स्थानीयका अनुसार वस्ती नजिकैको उक्त जंगलमा मंगलबार साँझ ८ बजे एकआपसमा चितुवा जुधेका थिए । सो समयमा करिब १० मिनेटसम्म गाउँ नै थर्काउने गरी जुधेका चितुवाहरुमध्ये एउटा भिरबाट खसेपछि अवस्था शान्त भएको थियो ।

रातमाटे सव डिभिजन वन कार्यालय महादेवफाँट पु¥याइएको मृत चितुवालाई जमिनमा गाढ्ने जिल्ला वन डिभिजन अधिकृत प्रेम सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस