सुनसरीमा बिहिबारबाट निषेधाज्ञा खुकुलो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, सुनसरी । सुनसरीमा भोलिबाट निषेधाज्ञा खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले त्यस्तो निर्णय गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार सुनसरीमा खाद्यान्न लगायत विक्रि वितरणमा सहजता ल्याउन केहि मात्रामा निषेधाज्ञा खुकुलो बनाउन लागिएको हो । उहाँका अनुसार खाद्यान्न लगायत, स्टेसनरी, माछा, मासु, दुध र फलफूलको विक्ति वितरणलाई सहज बनाइने छ ।

प्रजिअ ढकालले उद्योग वाणिञ्य संघ र स्थानीय तहसँगको छलफल पश्चात डीसीसीएमसीले त्यस्तो निर्णय लिएको जानकारी दिनुभयो । सुनसरीमा जारी निषेधाज्ञाको अवधि भने जेठ ३१ गते मध्यराती सम्म कायम छ ।

प्रतिक्रिया दिनुहोस