कसरी हुन्छ लागू औषध ब्राउन सुगर काठमाडौ सम्म सप्लाई

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

जेठ २५,काठमान्डौ । गोप्य सुचनाको अधारमा बसपार्क क्षेत्रबाट काठमाडौमा लागुऔषध ब्राउनसुगर सप्लाई गर्ने गिरोह रहेको पत्ता लागेको छ । भारतमा १०० रुपैँयामा पाइने ब्राउनसुगर हाल काठमाडौँमा ७ देखि १० हजार रुपैयाँ पर्छ भने काठमाडौँमा कारोबार बर्दियाबाटबाट केही सहचालकले गर्ने गर्दछन । नार्कोटिक्स डिपार्टमेन्टले दिएको जानकारी अनुसार बर्दियामा समेत लागू औषध नियन्त्रण ब्युरोको टोली राख्ने जानकारी बाँके लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयद्वारा लागुऔषध पक्राउ

केही महिना अघि बर्दिया प्रहरीले काठमाडौँ जाँदै गरेको गाडीमा गोप्य सुचनाको आधारमा भादा नदीमा लागुऔषध ब्राउन सुगर पक्राउ गरेको थियो । उक्त गाडीका मालिकलाई यस विषयमा थाहा थिएन । सह चालकले गोप्य रुपमा लुकाएर लग्न लागेको अवस्थामा भन्ने थाहा नभएकोले उनले दुखपनी पाए । उनका सहचालकले काठ्माडौँ प्रत्यक ट्रीपमा ब्राउनसुगर लगेर सिधा डिल गर्ने गरेको प्रहरी स्रोतको दाबी छ । बर्दिया जिल्लामा केही गाडीहरुमा अँजैपनी ब्राउन सुगर ओसारपसार हुने गरेको छ । जिल्लामा अहिले प्रहरीले कडाई गरेपछि केही कम भएतापनी साना(साना नाबालकहरुले समेत यो लतमा फसेका छन । २(३ वोटा गाडीहरुलाई बाँके लागू औषध ब्युरोले निगरानीमा राखेको छ । बर्दिया जिल्लामा लागुऔषध बेचबिखन गर्न बारबंकी टिकिराबाट ल्याउने र ५ नंबर प्रदेशमा बिक्रिबितरण्ण गर्ने गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस