बुढानिलकण्ठ नगरपालिकामा खाेप कार्यक्रम स्थगित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडाैं । काठमाडाैंकाे बुढानिलकण्ठ नगरपालिकामा काेराेना विरूद्धकाे भेराेसेल खाेप कार्यक्रम स्थगित भएकाे छ । नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयले माग अनुसार खोप माग अनुसार प्राप्त हुन नसकेकाले बिहिबारदेखि खोप कार्यक्रम स्थगित भएको हो ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दाहालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०७८/ ०२/१८ गतेको निर्णयानुसार कोभिड १९ विरुद्धको खोप (चाईनिज भेरोसेल पहिलो मात्रा) अभियान ६० देखि ४० वर्ष उमेर समुहका व्याक्तिहरुलाई मिति २०७८/०२/२५ देखि २०७८ ०२/२७ गते सम्म लगाउने कार्यक्रम रहेको भएतापनि जिल्ला स्वास्थ्य कार्यालयको प्राप्त जानकारी अनुसार माग अनुसा। खोप प्राप्त हुन नसक्ने भएकाले मिति २०७९/०२/२७ गतेको खोप कार्यक्रम हमल स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागस अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस