पर्सामा लुटपाटमा संलग्न दुई जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६,पर्सा । वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१६ बस्ने १९ वर्षीय निरज नट र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज राय रहेका छन् ।

वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गरेको अवस्थामा ती महिलाको सिक्री लुट्ने उनीहरुलाई तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले पक्राउ गरेको हो । उनीहरु उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस