डाक्टरको लापरबाहीका कारण गयो बिबिताको ज्यान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम समाचारदाता

जेठ २६, इलाम । सुर्योदय नगरपालिका वडा नम्बर ९ ढोडे निबासी २१ बर्षीय बिबिता तामाङको हस्पिटलमा मृत्यु भएको छ । ५ दिन पहिला पेट दुखेकाले झापाको कन्काई हस्पिटल पुर्याइएकी तामाङको उपचारमा डाक्टरको लापरबार्हीका कारण मृत्यु भएको बिबिताका बाबु दावा तामाङले बताएका छन् ।

बिबिताको मृत्यु भएपछि कन्काइ हस्पिटल तनाबग्रस्त छ । शनिबार बेलुका मृत्यु भएकी तामाङलाई मृत घोषण नगरी अन्यत्र रेर्फर गरेको परिवारले जनाएको छ । हस्पिटलले भने यहाँ जाती नहुने भन्दै शनिबार बेलुका बिराटनगरको नोबेल मेडिकल अस्पताल रिफर्र गरेपछि बाटोमा लादाँ लादै मृत्यु भएको हस्पिटल प्रशासनले जानकारी दिएको छ । मृतकका आफन्तले बिबिताको हस्पिटलमा बेलुका नै मृत्यु भइसकेको तर हस्पिटलले मृतक घोषणा बाटोमा गरेको बताएका छन् । अहिले कन्काई हस्पिटल तनाबग्रस्त छ हस्पिटल भित्र मृतकका आफन्तले क्षतिपुर्ति पाउनुका साथै डाक्टरलाई काबार्हीको माग गर्दै घेराउ गरिरहेको मृतकका छिमेकी मानबिर लाप्चाले बताएका छन् । हस्पिटल प्रशासन भने मौन रहेको छ लाप्चा भने । पहिला उपचार गर्दा जाती हुन्छ अन्यत्र लानु पदैन अवस्था सामान्य छ भनेर डाक्टरले भनेकाले हामी ढुक्कले बस्यौ तर हामीलाई हस्पिटलले फसायो डाक्टरको लापरबाहीले बिबिताको अकालमा ज्यान गर्यो आँखाबाट आशु झार्दै मृतकका बाबु दावा तामाङले बताएका छन् ।

हस्पिटल परिसरमा प्रहरी बाक्लो सख्यामा छन् इलाका प्रहरी कार्यालय अनारमनिका अनुसार तोडफोड रोक्न प्रहरीले लाठी चार्ज र तिन सेल अश्रु ग्यास हानेका थिए । घटनाको बिषयमा मृतकका आफन्तबीच छलफल भइरहेको छ ।यो समाचार तयार पार्दा सम्म कति घाइते भए भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस