इलामको कोशेली बन्दै छ काँक्रो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम

जेठ २६, इलाम । इलामे किसानले मेहनतले फलाएको काक्रो पाहुनाहरुको  लागि कोसेली बन्न थालेको छ । पहिला जथाभावी रोपीने स्थानिय जातको काक्रो बिगत आठ दश बर्षदेखी ब्यवसायिक रुपमा गरिदै आएको छ ।

झापाको बजारमा यसको माग हुन थालेपछि इलामे किसानहरुले यसको ब्यवस्थित खेती गर्न थालिको हो । इलामको रोङ स७३घढसर्योदय र इनपामा धेरै उत्पादन हुने गरेको छ । झापामा गर्मी हुने भएकोले सितल बनाउन तेसै खाइने , अचार तरकारी र सलाद बनाएर प्रयोग गरिने गरेको इलामे क्राको इलाम आउने पर्यटकहरुले किनेर लैजाने गरेकोले किसानहरुले मेची राजमार्गको आसपासमा आफैले बिक्रि गर्दा ताजा त पाइन्छ नै उचित मुल्य समेत पाइने गरेको छ । सडक पेटीमा मात्र हैन इलामको ग्रामिण क्षेत्रहरुबाट झापाको चारआली बिर्तामोड, काकडभिट्टा लगायत भारतीय बजारहरुमा समेत पुग्ने गरेको छ । इलामको रोङ ६ को रम्भ्याङ्गबाट मात्रै हरेक बर्ष लाखौ रुपैयाको काँक्रो निर्यात हुने गरेको छ । रोङ गाउपालिका वडा नं ६ को रम्भ्याङ्गका एक किसानले एक सिजनमा दुइलाख सम्मको बिक्रि गर्ने गरेको रोङ ६ का किसान इन्द्र प्रधानले बताए । अहिले काक्रा उत्पादनको शुरुआती हुदा मेची राजमार्गको आसपासमा मेला र महोत्सव वा प्रर्दशनिमा राखिएको स्टल जस्तै बिक्री कक्ष देखिने गरेको छ ।

किसानले सजिलै गर्न सक्ने आफ्नै बारीको बासको प्रयोग गदै खेती गर्दा आम्दामीको भरपर्दो श्रोत र चिनारी भएपनि यसको प्रबर्धन गराउन क७३घढसनै निकायबाट पहल भने नभएको किसानहरुको गुनासो रहेको छ । केही बर्ष यता बिभिन्न प्रकारको समस्याहरु देखिन थालेको कारण किसानहरुलाइ समस्या परेको छ ।

कृषि प्रधान मुलुकमा कृषिबाट नै समृद्धिको अपेक्षा गरिएको भए सरोकारवला निकायले यसका बारेमा सोच्च ढिला नगरिदिए सार्थक हुने किसानहरुको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस