चितवनमा ट्याङकर र बस दुर्घटना हुँदा १८ जना घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चितवन २६, जेठ । चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

काठमाडौँबाट  मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १ ४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आइतवार दिउँसो एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् । घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस