यो वर्ष मै ४ सय घर फुसको छानो हटाउछौँ : अध्यक्ष घर्ती

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • आशिष भारद्धाज, रोल्पा

जेठ २६, रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले फुसको छानो विस्थापन कार्यक्रम अनुसार यस वर्ष कम्तिमा ४ सय घर फुसको छानो विस्थापन गर्ने बताउनु भएको छ । गाउँपालिकाबाट आठ वटै वडा कार्यालयहरुमा जस्तापाता पठाउदै गर्दा अध्यक्ष घर्तीले यस्तो बताउनु भएको हो ।

प्रत्येक वडाहरुमा फुसका छानो भएका घरहरुको पहिचान गरि यस वर्षमा कम्तिमा एक वडामा ५० घरधुरीका दरले ४ सय घरधुरी फुसको छानो हटाउने लक्ष्य लिएको अध्यक्ष घर्तीले बताउनुभयो । त्यसै अनुरुप प्रत्येक वडाबाट फुसको छानो भएका घरहरुको नामावली गाउँपालिकामा सिफारिस गरि पठाउन समेत वडा कार्यालयहरुलाई निर्देशन दिइएको अध्यक्ष घर्तीले बताउनु भयो । उहाँले भन्नुभयो हाम्रा जनताहरुका वर्षौ देखि कमाइ कजाई गरि जम्मा गरेको सम्पति बर्षातको झरिले एकैछिनमा नष्ट बनाउने भने हिउदको समयमा आगोको कारण सम्पूर्ण सम्पति खरानी बनेको मैले हेर्न सक्दैन त्यसैले यो कार्यक्रमलाई अगाडि ल्याएको हुँ अध्यक्ष घर्तीले बताउनुभयो ।

सोहि क्रममा अध्यक्ष घर्तीले भन्नुभयो अघिल्लो वर्ष हामिले २ सय घर फुसको छानो हटाइसकेका छौ भने यस वर्ष ४ सय घर हटाउन लागेको छौं । हामिले अगाडि सारेको कार्यक्रम अहिले राष्ट्रिय कार्यक्रम बनेको छ यसैले मलाई गर्व लागेको छ अव कुनै पनि गरिव जनता घर ओताउन नपाएर रुनुपर्ने छैन, बर्षौ सम्म कमाएको सम्पति बर्षातको पानी र हिउदको आगोले जलेर नष्ट हुने छैन ।

कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले भन्नुभयो यस कार्यक्रमका लागि प्रदेश सरकारबाट १ करोड बजेट विनियोजन भयो । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री माननीय बर्षमान पुनद्धारा समृद्ध रोल्पा, सुरक्षित जनता आवास कार्यक्रमबाट शहिद परिवारहरुको फुसको छानो अन्त्य गर्नुभएकोमा गाउँपालिका र मेरो व्यक्तिगत दर्फबाट हृदय देखि नै धन्यवाद व्यक्त गर्दछु,आउदा दिनहरुमा यस कार्यक्रमलाई सहयोग गर्न सम्पूर्ण सहयोगीदाताहरुलाई समेत आग्रह गर्दछु अध्यक्ष घर्तीले बताउनु भएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस