दैलेखमा डुबेर एकको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, दैलेख । छामाघाट खोलाको कोटिला नजिक दहमा पौडी खेल्न गएका एक युवकको ज्यान गएको छ ।

शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा २१ वर्षीय भीमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।सँगै पौडी खेल्न गएका दुई जना साथी खोलाबाट बाहिर आइसक्दा गौरव बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेको कर्णबहादुर नेपालीले बताउनुभयो । त्यसपछि तालिम प्राप्त प्रहरीको टोलीले गौरवको शव खोला जमेर बनेको दहबाट निकालेको थियो ।

मृतकको शव पोष्टमर्टमका लागि दैलेख जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस