बंगलाचुली गा.पा अध्यक्षको छोरा प्रकाश वलीले चलाएको गाडी दुर्घटना

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, दाङ । बंगालाचुली गाउँपालिकाको गाडी दुर्घटना भएको छ । गाउँपालिकाको लु १ झ ६१६ नम्बरको गाडी घोराही–मुर्कुटी सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–४ पालुथानमा दुर्घटना भएको हो ।

गाउँपालिकाबाट घोराहीतर्फ आउँदै गर्दा गाडी दुर्घटनामा परेको थियो । गाडीमा चालकसहित ४ जना रहेपनि उनीहरु सकुशल रहेको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका छोरा प्रकाश वलीले चलाएका थिए । प्रकाशले चलाएको गाडी अनियन्त्रित भएर सडकबाट ५ मिटर तल खसेको दाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस