रेड पाण्डाको छाला सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, कैलाली । गोदावरी नगरपालिका-५ गेटा सामुदायिक बनबाट १ थान रेड पाण्डाको छाला सहित बझाङ बित्थड गाउँपालिका-५ देउलेख बस्ने २३ वर्षीय अमर धामीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त बनबाट रेड पाण्डाको छाला बोकी लगेको भन्ने सूचानाको आधारमा संघीय प्रहरी ईकाई कार्यालय धनगढीबाट खटिएको प्रहरीले धामीले बोकी राखेको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो । धामीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको जिम्मा लगाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस